असार ९
पाल्पा
मिलन बिश्वकर्मा
पाल्पाको सम्मोबारीमा पहिरोले सवारी साधन बगाउँदा उद्धार गरिएका घाइतेको उपचारको क्रममा पाल्पाको मिशन अस्पतलामा मृत्यु भएको छ ।
यस संगै पाल्पाको सम्मोबारीमा पहिरोले सवारी साधन बगाउँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
हिजो पाल्पा–गुल्मी सडकखण्ड अन्तर्गत पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा खसेको पहिरोमा लु २ ख १३७६ नम्बरको ट्रक, लु १ क १९२८ नम्बरको तेल बोक्ने ट्रयाङ्कर पुरिएको र घटना स्थलबाट एउटा मोटरसाइकलको हेलमेट फेला परेको समेत पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी दुर्गा बन्जाडेले बताउनुभयो ।
सडकमाथिबाट खसेको पहिरोले सवारी साधनलाई बगाएर सडक तल भीरमा पुर्याएको प्रहरीले जनाएको छ । अहिले उद्धारका लागि प्रहरी र स्थानीय बासिन्दा खटिएका छन् । घटनाको पुरा विवरण नआएकाले अझै पुरा विवरण नआएको पनि सूचना अधिकारी बन्जाडेले जानकारी दिनुभयो ।दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको पहिचान नभएको प्रहरीले जनाएको छ ।
पहिरोले अझैँ मानिस पुरिएको हुन सक्ने भएकाले उद्दारको काम भईरहेको बताईएको छ । ।
स्थानीय बासिन्दा, प्रहरी र सेनाले उद्दारको काम गरिरहेको वडा अध्यक्ष दामोदर घिमिरेले जानकारी दिनुभयो ।