असार ९
अर्घाखाँची
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ४ पटौटीमा खोलामा बगाएर बेपत्ता बालकको शव भेटिएको छ । लगातार परेको अविरल वर्षाका कारण ६ गते शनिबार उनलाई खोलाले बगाएको थियो । खहरे जुकेखोला तर्न नसक्दा उनलाई खोलाले बगाएको थियो । हराएका बालकलाई स्थानिय बासिन्दा, प्रहरी, पाणिनी पर्यटन समाज लगाएतको खोजिमा हिजो बिहान करिब ९ बजेतिर भेटाईएको पर्यटन समाजका उपाध्यक्ष धुव्र घिमिरेले बताउ । स्थानीय सन्तबहादुर नेपालीका १३ बर्षका छोरा पुजन नेपालीको शव दुर्गाखोलामा भेटिएको इलाका प्रहरी कार्यालय खिदिमले जानकारी दिएको छ । शव नेपालीको आफन्तले पहिचान गरेका हुन । अविरल वर्षाका कारण मोटरबाटाहरु भत्केसँगै शवलाई सन्धिखर्क पोष्टमापन गर्नका लागी लैजान सकिएन ।