असार८
चन्द्रकोट
चन्द्रकोट गाउँपालिका लगायतका बिभिन्न ठाउमा ३ दिन देखि बिद्युत सेवा बन्द भएको छ । गुल्मीदरबार गाउँपालिकाको जुभुगंको हटिया भन्दा तलपट्टी किरिबासमा अबिरल बर्षाका कारण पहिरो सहित सल्लाका रुख ढलेर बिद्युतका हाईटेन्सन लाईनका ४ वटा पोल ढलेर बिद्युत सेवा बन्द भएको स्थानिय कमल थापाले बताउनु भयो । बिद्युत प्राधिकरणका प्राबिधिक र स्नियको श्रम सहयोगमा अहिले नयाँ पोल गाड्ने र बिद्युत सुचारु गर्ने प्रयास भइरहेको छ । हिजो एउटा पोल बनेर तयार भएको र आज मौसम अनुकुल भए बाँकी ३ वटा पोल तयार भए पछि बिद्युत सेवा सुचारु हुने बताईएको छ । अहिले चन्द्रकोट गाउँपालिका लगायत गुल्मीदरबार गाउँपालिका केहि भागमा बिद्युत सेवा बन्द भएको छ ।