गुल्मीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
असार ९
गुल्मी जिल्लामा थप ३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ् । जिल्लाको मुसिकोट नगरपालिकाका १ जना महिला र २ जना पुरुष गरि ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीका सुचना अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो ।
कारोना संक्रमण पुष्टि हुनेमा वर्ष १७ र २६ का पुरुष साथै ४५ वर्षकी महिला रहेको पनि उहाँले बताउनुभएको छ् । यो सँगै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २४० पुगेको छ् । जसमध्ये हालसम्म २० जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भैसकेको छ् ।