असार ९
पाल्पामा थप ५८ जना नयाँ संक्रमित थपिए, कुल संक्रमित २ सय ३४ पुगे
पाल्पा जिल्लामा थप ५८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र केन्द्रीय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा पूर्वखोला गाउँपालिकाका ३७ जना, बगनासकाली गाउँपालिकामा ११ जना र माथागढी गाउँपालिकामा १० जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ
। पूर्वखोला गाउँपालिकामा देखिएका ३७ जना नागरिक जेठको दोस्रो हप्ता भारतबाट आएर वडा नम्वर ६ र १ का विभिन्न क्वारेन्टाइनमा बसेका थिए । हिजो मात्र गाउँपालिकामा ८० जनामा संक्रमण देखिएको थियो । उनीहरु मध्ये २२ जनालाई वीरकोटमा गाउँपालिकाले निर्माण गरेको आइसोलेसन सेन्टरमा राखिएको छ| भने अन्यलाई क्वारन्टाइनमै छुट्टै ब्लक बनाई राखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए ।