असार ९
वर्षाका कारण पहिरो गएपछि अवरुद्ध बनेको गुल्मीको रिडी–रुद्रवेणी सडक खुलेको छ । त्यस सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका १ को पुल क्याम्प नजिकै मङ्गलबार बिहान सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो ।
अवरुद्ध सडक सञ्चालनमा ल्याउन डोजरको सहायतामा सडकमा खसेको पहिरो हटाइएको हो । सडक अवरुद्ध बनेपछि यात्रु तथा सवारी साधनहरुबीच बाटोमै अलपत्र परेका थिए । त्यसैगरी सोमबारदेखि अवरुद्ध बनेको रुद्रवेणी–वामीटक्सार सडक पनि सञ्चालन भएको छ ।
त्यस सडकखण्ड अन्तर्गत डहरे खोला, नादेवा खोला र बादरे भीरलगायतका स्थानमा खसेको पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताउनुभयो