असार ११
पाल्पा
चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा निस्दी गाउँपालिकाका बिभिन्न वडाका ९३ जना र प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा २८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
भैरहवामा गरिएको परीक्षणमा पहिलो पटक तानसेन नगरपालिकाका ३ जनामा सङ्क्रमणको पुष्टि भएको छ । तानसेन बतासेडाँडाको क्वरेण्टीनमा रहेका दुई जना ३२ वर्षका र एक जना ४१ वर्षका पुरुषमा सङ्क्रमणको पुष्टि भएको हो । पाल्पाका १० वटै पालिकामा कोरोना सङ्क्रमित भेटिएका छन् ।
यसअघि पाल्पाको पूर्वखोला गाउँपालिकाका एक पुरुषको उपचारका क्रममा ज्यान गएको छ भने सङ्क्रमितमध्ये ७ जना उपचारपछि निको भएका छन् ।