असार
१२
लकडाउनको बेलामापनि सामाजीक दुरि कायम गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत वडा नम्बर १ मा करिब ३० जनाले बरेङ देखि नाम्दुक सम्मको मोटरबाटोको ढल कटान र पहिरो पन्छाउने काम गरेका छन् ।
त्यस्तै आज बाट पालिकाको वडा नम्बर २ हुग्दिशिरका सूचिकृत ४२ जना बेरोजगारहरुले सर्वोदय क्याम्पस देखि काफलबोट थुम्का सम्मको मोटरबाटोको ढल कटान, पहिरो सफाईको काम गरेका पालिकाका रोजगार संयोजक केशबराज क्षेत्रीले बताउनुभयो ।
प्रधानमन्त्रि रोजगार कार्यक्रम अन्तर्गत अहिले पालिका भित्रका सबै वडामा कुलो मर्मत, तटबन्धन, पैदलमार्ग, आलु भण्डारण जस्ता कार्य हरुमा श्रमिकहरुलाई प्रयोग गरिएको छ ।
श्रमिकहरुको कामवापतको पारिश्रमिक भने नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक वा स्थानीय तहले निर्धारण गरेको दर रेट मध्ये जुन बढी हुन्छ सोही अनुसार पाउने रोजगार संयोजक क्षेत्रीले बताउनुभयो ।
यसअघि करिब २ सय जनाले काम पाइसकेको र कुशलतापूर्वक योजनाको काम सकेको रोजगार सेवा केन्द्रले बताएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आफ्नै स्थानीय तहभित्रको निर्माण कार्य, मर्मत संभार गर्ने काम पाउँदा श्रमिकहरु हर्षित भएका छन्