गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

अनिल खत्री
१४ असार, गुल्मी

गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । र प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा जिल्लाको गुल्मीदरवार गाउँपालिकामा ११ जना र रेसुङ्गा नगरपालिकामा १ जना गरि १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
थपिएका संक्रमित अनुसार जिल्लामा २८७ जना पुगेका छन् । संक्रमित कुल ४२ जना कोरोना मुक्त भएकर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।
जिल्लाबाट १ हजार ४ सय ९६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ५४१ जनाको रिर्पोट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।

You might also like

Leave A Reply

Your email address will not be published.