दिपेन्द्र खत्री
असार १५ गुल्मी
भारतबाट तराई प्रवेश गरेको सलह किरा अर्घाखाँचीका विभिन्न स्थानमा देखिएको छ।जस्को कारण आम किसानमा त्रास फैलीएको छ।
ठूलो समूहमा उँडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सलह जिल्लाको तीन नगरपालिका र तिन गाउँपालिकाका विभिन्न स्थानमा दैनिक फाट्ट–फुट्ट मात्रामा देखिएको हो। सलह किरा जिल्लामा देखिन थालेपछि किसानमा त्रास फैलिएको छ। सोमबार बिहान पख अर्घाखाँची जिल्लाका भुमिकास्तान नगरपालिकासहित केही स्थानमा प्रबेश गरि उडिरहेको थियो भने साझपख भुमिकास्तान,मालारानी,छत्रदेव तथा अन्य स्थानीय तहहरुमा देखिएको स्थानियहरुले बताएका छन् ।
स्थानीयका अनुसार सलह सोमबार बिहान पख धनचौरको पाकु, डढुवा, ठुला डेवामा जुकेना ठाडा हुँदै आएको हुन सक्ने अनुमान गरिएको छ
किसानमा त्रास
अर्घाखाँचीका किसानमा त्रास थपिएको छ । किसानले लगाएको मकै धान तथा अन्य बालीमा सलह प्रबेश गरेसंगै किसानमा त्रास थपिएको मालारानी गाउँपालिका वडा नं १ कि वडा सदस्य सरस्वती पन्थी पाण्डेको भनाई छ उनले थपिन विश्व जगत कोरानासग लडिरहेको बेलामा सलह किराको रोकथाम समयमै गर्ने नेकेमा सिङ्गो नेपालमा भोकमरि आउन सक्ने पाण्डे ले बताउनु भयो।