रिडीमा एक ट्याक्टर सालको काठ बरामत

असार १५

गुल्मीमा अबैध सालको काठ प्रहरीले बरामद गरेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका भटुका देखी ट्याक्टरमा रिडीतर्फ ल्याउँदै गरेको ३५ गोलीया काठ प्रहरीले बरामद गरेको हो । लु ४ त १३७१ नं को ट्याक्टरमा रिडीतर्फ ल्याउदै गरेको काठलाई बरामद गरी सब डिभिजन बन कार्यालय रिडीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्थले जानकारी दिए ।

यता डिभिजन बन कार्यलय गुल्मीले कहाँबाट र कसरी अबैध काठ आयो भन्ने बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । डिभिजन बन कार्यलय गुल्मीका प्रमुख प्रभात सापकोटाका अनुसार सब डिभिजन बन कार्यलय रिडीका सहायक बन अधिकृत पहलमान सेरबुजालाई अनुसन्धान गर्नका लागि तोकीएकाले अहिले अनुसन्धानकै क्रममा रहेको जानकारी दिए । अहिले सबै कुराहरु भन्न नसकिने र अनुसन्धान पश्चात सबै खुल्ने उनले दाबी गरे । अबैध रुपमा सालको काठ दिने र लिने दुबैलाई कानुन अनुसारको कारबाही हुने उनले दाबी गरे ।

You might also like

Leave A Reply

Your email address will not be published.