असार १६
गुल्मी
गुल्मीमा बेबारिसे शब फेला परेको परेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नं २ को निस्दीखोलाको सोखीबगरमा मंगलबार बिहान एक बेबारिसे शब फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्थले जानकारी दिए । शब घोप्टो परेको अबस्थामा रहेको र शब गलिसकेकाले महिला वा पुरुष को हो भन्ने बारेमा पहिचान गर्न समस्या भएको पन्थले जानकारी दिए । अन्दाजी ५०।५५ बर्षको जस्तो देखिने शब कतै खोलाले बगाएर ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । बेबारिसे शबको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।