असार १६
गुल्मीमा थप ४५ जनाले कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । जिल्लाका बिभिन्न स्थानीय तहमा बनाइएका आसुलेशनमा बसेर कोरोना जितेर घर फर्किनेको संख्या ८७ जना पुगेको छ । कोरोना मुक्त भएर घर फर्केकाहरुमा ७८ जना पुरुष र ९ जना महिला रहेका छन् । पछिल्लो अध्यावधिक तथ्याङ्क अनुसार कोरोना जितेर घर फर्किनेहरुमा जिल्लाको रेसुङ्ग नगरपालिकाबाट ३६ जना, रुरुक्षेत्र गाउँपालिकाबाट १६, इस्मा गाउँपालिकाबाट १७, मालिकाबाट ४ जना, चन्द्रकोट, मदाने, धुर्कोट र छत्रकोटबा १÷१ जना डिस्चार्ज भएका छन् ।
त्यस्तै, गुल्मी दरबार गाउँपालिकाबाट ४ जना र सत्यवती गाउँपालिकाबाट ६ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । जिल्लामा लक्षण नदेखिएका कोरोना संक्रमितको पुनः परीक्षण नगरी १४ दिन आसुलेशनमा राखेर घर पठाउन पठाउने गरिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशनअनुसार आइसोलेसनमा बसेको १४ दिनसम्म कुनै लक्षण नदेखिएपछि घर पठाउन सकिने प्रवधान बनाइएको छ । संक्रमितहरु भारतबाट आएर क्वारेन्टीनमा बसेको बेला कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु कोरोना मुक्त भएर घर फर्किने बेला बिभिन्न स्थानीय तहले सम्मान गरेर पठाउने गरेका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या ३२४ जना पुगेका छन् । संक्रमित कुल ८७ जना कोरोना मुक्त भएकर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट १ हजार ६ सय १० जनाको स्वाब संकलन गरेर पठाइएकोमा ३९७ जनाको रिर्पोट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।