असार १९
गुल्मीको मुसिकोट नगरपालिकामा आएको पहिरोमा परि एकजनाको मृत्यु भएको छ।
बिहीबार राति ११ बजेदेखि आएको वर्षाले पहिरो जाँदा मुसिकोट वडा नम्बर २ का भागीरथ घिमिरे पुरिएका हुन्।
वडा नम्बर २ का अध्यक्ष लक्ष्मण खत्रीका अनुसार राति गएको पहिरोमा अन्दाजी ६० बर्षका घिमिरे पुरिएका हुन्।
साँझ गाउँकै होटलमा गएका खत्री पानी परेपछि घर फर्किन नसकी होटेलमै बाँस बसेका थिए।
वडा नम्बर २ को दर्लुङ हाडिखोलामा पहिरो जान थालेपछि होटल धनि हरि बहादुर घिमिरे र उनको परिवारले ज्यान जोगाउन सकेपनि खत्रीलाई भने पहिरोले पुरेको वडा अध्यक्ष खत्रीले जानकारी दिए।
खत्रीको शव अहिले पनि पहिरोभित्रै रहेको छ।
घटनास्थलमा उद्धारको लागि प्रहरी आउँदै गरेको वडा अध्यक्ष खत्रीले बताए।
खत्रीका अनुसार राति परेको मुसलधारे बर्षापछी निस्दी खोलामा आएको बाढीले पहिरो झारेको हो ।
पहिरोले गाउँका केही घर गोठ बगाएको भएपनी के कति क्षति भएको छ भन्ने एकिन भईनसकेको खत्रीले बताए।
मालिका गाउँपालिकाको ह्वाङ्दी अर्खाबाङबाट बग्न सुरू हुने निस्दी खोला ईस्मा गाउँपालिकामा पनि क्षति पुर्याएको गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले जानकारी दिए।
बिष्टका अनुसार निस्दी खोलासँगै आएको पहिरोले ईस्माका पनि केही घर गोठ बगाएको सूचना प्राप्त भएपछि आफू घटनास्थल तर्फ जाँदै गरेको बताए।
पहिरोले ईस्मामा भने मानवीय क्षति भएको अहिलेसम्म जानकारी नपाएको बताए।