असार २०
मुसिकोट नगरपालिका
मुसिकोट नगरपालिकामा रमेश बराल र ज्ञान बहादुर वि.क. को घर जोखिममा रहेको हो । त्यस्तै चौरहमा गोकर्ण सूर्यवंशीको गोठ पहिरोले पुर्दा २ वटा भैसी एउटा रागो, बोका, र एउटा बाख्रा गरी क्षेती भएको छ भने प्रायजसो घर त्यहाँ उच्च जोखिममा रहेको मुसिकोट नगर कमिटिका नेकपा अध्यक्ष खुम बहादुर थापाले बताउनुभयो ।
मुसिकोट नगरपालिका वडा नम्बर ३ मा ठूलो धनजनको क्षेती नभएपनि घर भने उच्च जोखिममा रहेको वडाध्यक्ष कर्णध्वज जिसीले बताउनुभयो । जसको घर उच्च जोखिममा रहेको छ उनीहरुलाई वडा कार्यालय मार्फत मुसिकोट नगरपालिकाको विपत्त व्यवस्थापन समितिलाई सिफारिस गरी सहयोग गर्ने वडाध्यक्ष जिसीले प्रतिवद्धता जनाउनुभएको छ । विपत्त भनेर नआउने भएकाले सर्जक भई बस्न आग्रह गनुभएको स्थानीय रुपा विश्वकर्माले जानकारी दिनुभयो ।