असार २४
गुल्मी
गुल्मी दरवार गाउँपालिका गुल्मीले अन्तराष्ट्रिय कराते प्रतियोगीतमा सहभागी भई बिजयी भएका खेलाडीलाई नगद प्रदान गरी सम्मान गरेको छ । गाउँपालिका वडा नम्बर २ का अम्मरबहादुर पल्ली, विजय सारु र लक्ष्मण थापालाई गाउँपालिकाको तर्फबाट नगद ३५ हजार प्रदान गदै सम्मान गरेको हो । गत बर्षको माघ १० गते देखि १५ गतेसम्म सिङ्गापुर,मलेशिया, इन्डोनेसियार थाइल्याण्डमा १२ देशहरुबिच अन्तराष्ट्रिय कराँते प्रतियोगिता भएको थियो ।
सो प्रतियोगितमा गुल्मीदरवार २ का युवाहरुले प्रतिनिधित्व गरेका थिए ।
उक्त प्रतियोगीतामा नेपालको तर्फबाट सहभागी उनिहरुले तेश्रो स्थान हासिल गरेका थिए । यति ठुलो प्रतियोगीतामा सहभागी भई बिजय भएकोमा गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापाले बधाई ज्ञापन गदै उज्जवल भबिष्यको कामना गर्नुभयो । कार्यक्रममा सहभागी भएका युुवाहरुले पनि आगामी दिनमा खेलको माध्यमबाट देशलाई चिनाउने बताए ।
कार्यक्रममा बिजयी खेलाडिलाई सम्मान गदै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले पोत्सान गर्नको लागी गाउँपालिकाको तर्फबाट ३५ हजार नगद सहित सम्मान गरिएको बताउनुभयो ।