असार २७
छत्रकोट गाउँपालिका गुल्मीले एक बिज्ञप्ती निकाली ध्यानर्काषण भएको जनाएको छ ।
गत असार २६ गते RADIONRN.com र रेडियो एन आर एन मा प्रसारण प्रकाशन भएको समाचारलाई लिएर ध्याजआर्कषण भएको गाउँपालिकाले जनाएको छ । गुल्मी छत्रकोट गाउँपालिका अध्यक्ष बिरुद्धमा स्थानियको प्रदर्शन, लाखौ अनियमिततम भन्ने शिर्षकमा सामाचार प्रकाशन भएको थियो ।प्रसारण प्रकाशन भएको समाचार कपोकल्पित भ्रामक र कुन्ठित भाबको रहेको बताइएको छ ।
गाउँपालिकामा स्थानियले प्रदर्शन गरेको नभई नेपाली कांग्रेस छत्रकोटले ज्ञापन पत्र बुझाएको र सोही अनुसार ज्ञापन पत्र बुझिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । गाउँपालिका अध्यक्ष मधृकृष्ण पन्थ र प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थद्धारा हस्ताक्षरित ध्यान आर्कषण पत्रमा गाउँपालिकाले गर्ने कामबारवाही पारदर्शी र जवाफदेहि ढङले अगाडी बढाएको तथा सर्बपक्षिय छलफललाइ सधै उच्च महत्वका साथ आत्मसात गरी गाउँपालिकाले कार्य गरेको जनाईएको छ ।
यसैबिच नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ छत्रकोट गाउँपालिका गुल्मीले पनि आफ्नो मुल्य र मान्यता भित्र रहि ३ वटै सरकारको नितिनियमलाई पूर्ण रुपमा पालना गरी काम गरिहेको सन्दर्भमा व्यवसायी माथि नै आचँ आउने गरी गरिएको समाचार प्रति खेद प्रकट गरेको छ । साथै छत्रकोटगाउँपालिकाका अध्यक्ष र नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ विच कुनै पनि व्यवसायिक सम्बन्ध नरहेको अध्यक्ष यज्ञ बहादुर पाण्डे , सचिव कमल पाण्डे, कोषध्यक्ष हिमाल पन्थ, सदस्यहरु हिमाल थापा, तिलक पन्थ, भागवत गिरी, कमल काफ्ले, बिमल सर्तुङ्गे, लेखबहादर रेश्मी, र व्यवसायी लोकनाथ पाण्डे द्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।