गुल्मी
असार ३१- गुल्मीमा पनि ठुलो संख्यामा सलह किरा देखिएको छ ।
सलह किरा मकै बारीमा बसेपछि किसानहरु चिन्तीत बनेका छन । गुल्मीको मालीका गाउपालीकाका बिभिन्न वडामा सलह किरा देखिएको हो । मालिका गाउँपालिका वडा न.६ अर्जेइ , वडा नम्बर ५ छापाहिले ,वडानम्बर ७ घमिर र वडा नम्बर ८ मर्भुङमा ठुलो सँख्यामा सलह किरा देखा परेको छ । त्यहाँ सलह किरा खेतीबालीमा बसेको गाउपालीका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष शोभाखर गिरिले जानकारी दिनुभयो । उहाँका अनुसार क्षतिको बिवरण आइसकेको छैन । उहाले स्थानियहरुलाई नआत्तिन तर सचेत भई सलह भगाउने कार्यमा लाग्न आग्रह गर्नुभएको छ । किसानहरु सलह किरा भगाउनको लागि थाल पिट्ने, टिन ठटाउने, आगो बालेर सलह धपाउने प्रयासमा जुटेका छन् । यस अघि सानो संख्यामा सलह देखिएको थियो तर केही दिनपछी आफै हराएको थियो । अहिले फेरि ठूलो संख्यामा सलह गुल्मी ,पाल्पा ,अर्घाखाची लगाएतका जिल्लामा देखिएको बताइएको छ । केही दिन अघि विज्ञहरुले पहिले भन्दा ठूलो सँख्यामा सलह किरा नेपालमा आउन सक्ने बताएका थिए । पहिले देखिएको सलह किरा को संख्या भन्दा अहिले देखीएको सँख्या निकै धेरै छ ।