गुल्मीको मुसिकोट नगरपालिकामा यतिखेर सलहले आतंकनै मच्चाएको छ। यस नगरपालिकाको वडा नं. १ मा असार ३१गते बाट ठुलो संख्यामा किसानहरूको खेतबारीमा सलह प्रवेश गरी विशेष गरी मकै खेती सखाप पारिदिएको कृषि प्राविधिक सर्वजित ओलीले बताउनु भयो। प्राविधिक ओलीका अनुसार वडा नं. १ को थामा, रङ्नम, ढाँण र पौंदी अमराईमा असार ३१ गते दाङ हुँदै प्युठानबाट आएको सलह किराले मकै बाली पुरै खाईदिँदा यहाँका किसानहरू निकै चिन्तित बनेका छन।
केही दिन पहिले पनि सलह आयो त्यसले त्यति क्षति नगरेको तर असार ३१ गते प्युठान तर्फबाट आएको सलहले निकै क्षति गरेको स्थानीयहरूको भनाई रहेको छ। यो सलह निकै अनिकाल ल्याउने खालको रहेको स्थानीयहरूको भनाई रहेको छ। कुनै पनि तरिका प्रयोग गरी यसलाई गाउँबाट भगाउन सकिएको छैन।