साउन १
कोरोना माहामारीका बिच उच्च सर्तकता अपनाउँदै रेसुंगामा एक महिने साउने मेला सुरु भएको छ । उच्च सर्तकताका साथ सामाजिक र भौतिक दुरी कायम राख्दै पुजा आजा लगायतका कार्यहरु भइरहेको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए । अघिका बर्षहरुमा हुने भजन प्रतियोगिता , तिजगित प्रतियोगिता भने नहुने भुसालले जानकारी दिए । एक महिनासम्म चल्ने मेलामा रेसुंगामा रहेको पोखरीमा साउन महिनाभर स्नान गर्नाले अहिले सम्म गरिएका पापहरु नष्ट भई पुन्य प्राप्त हुने धार्मिक बिश्वास रहदै आएको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए