साउन २
युगराज बस्याल
गुल्मी
गुल्मीमा एक जना वडा अध्यक्षले निसुल्क बाँदर धपाउने उपकरण स्थानिय कृर्षकलाइ प्रदान गर्नु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नं. ४ दिगामका वडा अध्यक्ष डिलाराम न्यौपानेले स्थानिय किसानलाई बाँदर धपाउने उपकरण दिनु भएको हो । स्थानिय कृर्षकको मकै लगायतको खेती बाँदरले नष्ट गरि क्षति पुर्याएकोल,े स्याङ्जाका एक स्थानियले बनाएको ‘एयर गन, बाँदर धपाउने उपकरण अध्यक्ष न्यौपानेले, आफुले पाउने सुबिधा बाट करिब ४० हजार रुपैया बराबरको लगानिमा साबिकको प्रत्येक वडा पुग्ने गरि ११ थान उक्त उपकरण स्थानिय कृर्षकलाई निसुल्क उपलब्ध गराउनुभएको हो ।
प्लाष्टिकको पाईप बाट बनाईएको उक्त उपकरणमा गाउँघरमा केरा पकाउन प्रयोग गरिने औषधि र थोरै पानिको प्रयोग गरि, ग्यास चुल्हो बाल्न प्रयोग गरिने लाईटरको सहायताले पड्काउने गरिन्छ । त्यसबाट आउने आवाज बाट तर्सिएर बाँदर भाग्ने बताईएको छ । उपकरण हस्तान्तरण कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष डिलाराम न्यौपानेले गर्नु भएको थियो कार्यक्रममा बडा सदस्य रुनमाया सिंजालीले स्वागत गर्नु भएको थियो । कार्यक्रममा नेकपा जिल्ला सदस्य होमनाथ कडेल, समाजसेबी शोभाखर पन्थ लगायतले उपकरणको उपयोगिताकोे बारेमा बताउनु भएको थियो । कार्यक्रम अमृता भुषलले संचालन गर्नु भएको थियो ।