कृष्ण अन्जान
साउन २
रुरु र रिडीबजारको बँगैचा चोकमा फलफुल तथा तरकारी पसल गरेर वस्ने कृष्ण थापालाइ छाडा गाइले हैरान पारेको धेरै भइसक्यो । आँखा झिमिक्क गर्याे कि बेच्न राखेको फलफुल र तरकारीमा गाइ गोरुले थुतुनो गाडि हाल्छन । पछिल्लो चरणमा रिडी बजार क्षेत्रमा छाडा गाइ गोरुकोआतँक नै छ । रिडीबजारका तरकारि फलफुल तथा किराना व्यापारीलाइ त गाइ गोरुले बेच्न राखेका समान खाइदिदा दिक्दार लागेको छ । दिउसो बगर तिर साँझ परेपछि बजारका चोकचोक तिर र रातिमा रिडी वारिपारिका किसानका बारीमा गाइ गोरुको वास बनेको छ ।
रातभरि स्थानिय किसानका खेत बारिमा पसेर मकै तरकारि लगाएतका उत्पादन खाएको रिडीका अजित क्षेष्ठले बताउनु भयो । रुरुक्षेत्र पवित्र धार्मिक स्थल भएकाले पनि परापुर्व काल देखि गाइ गोरु छाड्ने र ठुला ठुला वसाहा गोरु पनि यहाँ छाडिन्थे तर आजभोलि त बुढा गाइ गोरुको डम्पिँग साइट नै रिडीलाइ बनाइएको रुरु फ्रेण्डस क्लव रिडीका प्रेम भण्डारीले बताउनु भयो । गाइको उमेर छउन्जेल दुन्छन खान्छन गोरुले जोतुन्जेल जोत्छन गाइ गोरु वुढ्र भएपछि बजारमा ल्यायर छाड्छन ।
कतिबेला ल्याउँछन थाहानै नभएको भण्डारिको भनाइ छ । पछिल्लो पटक त उन्नत जर्सि गाइ पाल्ने हरुले बाच्छि पाए पाल्ने र बाच्छो पाए रिडीबजारमा ल्याएर छाड्ने गरे पछि रिडीबजारमा छाडा गाइ र गोरुको सँख्या बढेको छ । लस्कर लागेर हिँडेका गाइ गोरुले गरेको दिसा पिसाबले रिडी बजार दुर्गन्धित त छनै धेरै पटक छाडा गाइ गोरुहरु गाडिको ठक्करले मरेपछि चालक हरुले गाइ गोरुलाइ ठक्कर दिएर मारेको आरोपमा प्रशासनिक मुद्दापनि खेपिरहेका छन ।
रिडी बजारमा छाडा गाइ गोरुको बढ्दो आतँकबाट बच्न गाइगोरुलाइ धार्मिक धर्मशालाहरुमा पठाउने तयारी गरेपनि स्थनिय धार्मीक सँघ सँस्थाकोले गाइ गोरु रिडीका गहना हुन भनेर अवरोध गरेपछि व्यवस्थापनमा कठिनाइ भएको स्थानिय हरुको भनाई छ । त्यसोत रिडीमै गौसाला भनेर छुट्याइएको बजेटले एउटा ठुलै टहरो त बनेको छ तर गौसाला हो कि कवर्ड हल हो स्थानियलाइ थाहा छैन । तर यतिबेल धार्मिक क्षेत्रमा समस्याको रुपमा देखिएको गाइ गोरु आतँक रोक्न सम्बन्धित निकायको ध्यान जान जरुरी भएको रिडीबाट हाम्रा विशेष सँवाददाता कृष्ण अन्जानले समाचार पठाउनु भएको छ ।