प्युठानमा गएराति ट्र्याक्टर दुर्घटना भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु२च ४२३४ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना भने बाँच्न सफल भएका छन् । सो ट्र्याक्टर स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै थियो । दुर्घटनामा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।
दुर्घटनामा मृत्यु भएका कसैको पनि सनाखत भएको छैन । ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ । वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।