साउन ५,
काठमाडौं -पृथ्वी राजमार्गअन्तगर्त धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरो जाँदा ४ वटा गाडी पुरिएका छन् भने ३ वटा गाडी त्रिशूलीमा बगेका छन्।
गाउँपालिकाको वडा नं। १० स्थित हुग्दी खोला र बाँदरेभिरको बीचको क्षेत्रमा आएको पहिरोले ४ वटा गाडी पुरेको हो भने पहिरोमा परेका ३ वटा गाडी त्रिशूलीमा बगेको धादिङ प्रहरीले जनाएको छ। यद्यपि, उक्त घटनामा मानवीय क्षति भने भएको छैन। गाडीबाट मानिसलाई निकालेर सुरक्षित स्थानमा सारिएको र रोकी राखेको गाडी पहिरोले पुरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले थाहा सञ्चार नेटवर्कलाई दिएको जानकारीअनुसार पहिरोमा एउटा कार, २ डिआई गाडीसहित ४ वटा गाडी पुरेको छ। यस्तै, २ वटा डिआई गाडी र एउटा मिनी ट्रक पहिरोमा बगेर त्रिशूलीमा खसेसँगै बगेर बेपत्ता भएको छ। त्यँहा अहिले पनि पहिरो खस्नेक्रम जारी रहेको र घटनास्थलमा प्रहरी पनि परिचालन भइसकेको डिएसपी खड्काले जानकारी दिए।
थाहा खबर बाट