गुल्मी
साउन ६- गुल्मीको धुर्कोट गाउपालीकाको पंच वर्षिय शैक्षिक योजना निर्माणको लागि सरोकारवालाहरुको राय सुझाव संकलन सम्बन्धी कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।
धुर्कोट गाउपालीका अध्यक्ष भुपाल पोख्रेलको अध्यक्षतामा सम्पन्न गोष्ठिमा धुर्कोट गाउपालीकाको शैक्षिक सत्र २०७७ देखि २०८१ सम्म समृद्ध धुर्कोट निर्माणको लागि गुणस्तरिय शिक्षा बनाउने बिषयमा बृहत छलफल भएको छ ।
शैक्षिक दृष्टिकोणले धुर्कोटलाई शैक्षिक क्षेत्रमा अब्बल बनाउन श्रोत साधनको परिचालन र प्राप्तीको लक्ष्य राखि धुर्कोट गाउपालीका अन्तर्गतका बिद्यालयहरुको शैक्षिक अवस्था पहिचान गरि सबै बिद्यालयमा बिद्यार्थिहरुको पहँुच बृद्धि गर्ने ,बिद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गरि बिद्यालयको सान्दर्भिकता अभिवृद्धि गर्ने ,सबै बिद्यालयको संस्थागत सक्षमता अभिवृद्धि गरि बाल मैत्रि बिद्यालय र भौतिक पुर्वाधार निर्माण गर्ने उद्धेश्यमाथि गोष्ठिमा छलफल भएको छ ।
गोष्ठिमा गाउपालीका उपाध्यक्ष शिब बहादुर खत्री,प्रमुख प्रशासकिय अधिकृत काशिराम पन्थी, शिक्षा बिकास तथा समन्वय इकाई प्रमुख लोकनाथ मरासिनि ,नेपाल कम्युनिष्ट पार्टी नेकपा धुर्कोट गाउकमिटि अध्यक्ष गोपाल कुँवर, नेपाली कांग्रेश धुर्कोट गाउ कार्य समिति सभापति रामप्रसाद घिमिरे,शिक्षा समिति सदस्य छन्द बहादुर पहराई ,कृष्ण घिमिरे, बिष्णुमाया भण्डारी,पुष्पा घर्ति,चेतमान कँुवर,धुर माध्यमिक बिदालयका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष निम बहादुर पाण्डे, वडा नम्बर १ का वडाध्यक्ष कमल थापा, २ का वडाध्यक्ष नबिन जिसि, ३ का वडाध्यक्ष बिष्णु बहादुर श्रीष, ४ का वडाध्यक्ष मान बहादुर कुँवर,५ का वडाध्यक्ष ढुण्डिराज भण्डारी, ६ का वडाध्यक्ष कृष्ण बहादुर नेपाली , ७ का वडाध्यक्ष हिम प्रसाद पन्थी, धुर्कोट गाउपालीका शिक्षक महासंघका अध्यक्ष ऋषिराम पाण्डे,वाम पन्थी शिक्षक संघ अध्यक्ष लक्ष्मीप्रसाद खनाल,भेषराज खनाल,नेपाल शिक्षक संगठन धुर्कोट गाउपालीका अध्यक्ष यज्ञ गौतम ,नेपाल बिद्यालय कर्मचारी परिषद अध्यक्ष राजु पछाई लगायत माध्यमिक बिदालयका बिद्यालय व्यवस्थापन समिति अध्यक्षहरु,प्रधानाधयापकहरु, समाजसेवि तथा बुद्धिजिविहरुको सहभागिता रहेको थियो ।
गोष्ठिमा सहभागिहरुले शैक्षिक योजना निर्माणको लागि आ आफ्नो रायसुझाव सहित धारणा व्यक्त गरेका थिए ।गाउपालीका अध्यक्ष पोखे्रल, उपाध्यक्ष खत्री , शिक्षा समन्वय तथा इकाई प्रमुख मरासिनिले सहजिकरण गर्नुभएको गोष्ठिको सन्चालन शिक्षा युवा तथा खेलकुद बिकास शाखा प्रमुख मधुप्रसाद घिमिरेले गर्नुभएको थियो ।