सरकारले होम क्वारेन्टाइन सम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको छ। जसअनुसार स्थानीय निकायको सहमति र प्रत्यक्ष निगरानीमा रहने गरी १४ दिन होम क्वारेन्टाइन बस्न पाउने गरी होम क्वारेन्टाइन मापदण्ड लागु गरिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए। यसअघि विदेशबाट आएकालाई सरकारले बनाएको होल्डिङ सेन्टरमा निश्चित समय राखेर कोरोना परीक्षणपश्चात् मात्र घर पठाइने गरिएको थियो। अबको व्यवस्थाअनुसार विदेशबाट आउने नेपाली सीधै होम क्वारेन्टाइनमा जान सक्नेछन्।