सरकारले भदौ १ गतेदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै तयारी अगाडि बढाएको बोर्डले जनाएको छ ।
असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको बोर्डको भनाइ छ । बोर्डले असोज पहिलो सातादेखि परीक्षा सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति मागेको छ ।मन्त्रालयले अनुमति दिएपछि परीक्षाको तयारीलाई तीव्रता दिने बोर्डले जनाएको छ ।