साउन ९
गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर ७ मा रहेको धुवाँखोलालसामुदायिक होमस्टेको सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष ०७६र७७ मा कालिगण्डकी गाउँपालिकाकोे १० लाख अनुदान, जनश्रमदान ५ लाख र अन्य श्रोत ५ लाख गरि कुल २० लाखको लागतमा साँस्कृतिक भवन निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ । भवनको वालमा पोखरेली ढुङगा लगाउने कार्य सम्पन्न भएसँगै वनको झ्याल ढोकामा ग्रिल लगाउने साथै रंगरोगन गर्ने कार्य भैरहेको होमस्टे सञ्चालक समितिका सचिव आषिस गुरुङले बताए । गत आर्थिक वर्ष ०७६र७७ को चैत्र महिनामा कार्य सम्पन्न गर्ने लक्ष लिए पनि लकडाउन र नियमित वर्षादका कारण समयमै काम सम्पन्न गर्न ढिलाई भएको गुरुङले बताए । त्यस्तै केहि समय पहिलासम्म धुवाखोलाका स्थानीय ५ घरमा २० जना बस्न सक्नेगरि ब्यबस्था मिलाएकोमा हालैमात्र होमस्टेले १ पटकमा १ सय पाहुना राख्न सक्ने गरि क्षमता बिस्तार गरेको जनाएको छ ।