छत्रकोट गाउँपालिका वडा नम्बर ५ खज्याङ्ग स्वास्थ्य चौकीमा ल्याप प्रयोगशालाको स्थापना गरिएको छ । गाउँपालिका अध्यक्ष मधुकष्ण पन्तले आज ल्यापप्रयोगशालाको उद्धघाटन गर्नभएको हो । स्वास्थ्य नै मानिसको पहिलो धन भएकाले स्वास्थ्य सम्बन्धी गाउँपालिकाले जनसमुदायको पक्षमा रहेर काम गरेको गाउँपालिका अध्यक्ष पन्तले बताउनुभयो । वडाध्यक्ष कृष्ण पन्तले हामीले विगत ५ वर्ष पहिले देखी नै स्वास्थ्य क्षेत्रमा ल्याप स्थापना गर्ने भनेका थियौ तर अहिले आएर त्यो काम पुरा हुदाँ आफुलाई खुशी लागेको बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष नर्मदा भण्डारी, प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्त, स्वास्थ्य इकाई प्रमुख पुण्य प्रसाद पौडेल तथा राजनितिक दलहरुको समेत उपस्थित रहेको थियो । वडाध्यक्ष कृष्ण पन्तको अध्यक्षता रहेको कार्यक्रमको संचालन अहेव सरस्वती गौतमले गर्नुभएको थियो