श्रावण ११
मास्क नलगाई घर बाहिर हिड्नेलाई कारबाही गरिने भएको छ। गृह मन्त्रालयले माक्स नलगाई घर बाहिर निस्किनेहरुलाई कारबाही गर्न ७७ वटै जिल्लालाई फेरि निर्देशन दिएको छ।लकडाउन हटाएसंगै सर्वसाधरण विना मास्क घर बाहिर निस्कने क्रम बढेको देखिन्छ । त्यसैले आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई यस्तो निर्देशन दिइएको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्रालयका अनुसार माक्स लगाउन नटेर्नेलाई संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिनेछ । गृहमन्त्रालयले यसअघि लकडाउनको अवधिमा मास्क नलगाई हिँड्नेहरूलाई कारबाही गर्न निर्देशन गरिएको थियो । लकडाउन हटाएको यो समय कोरोना संक्रमण तीव्र गतिमा फैलिने खतरा रहेको छ ।