श्रावण १३
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा तीन सय ११ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या १९ हजार ६३ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा एक सय २१ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको कुल सङ्ख्या १३ हजार आठ सय ७५ पुगेको छ । कोरोना सङ्क्रमणको कारण थप एक जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि भएको छ । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ४९ पुगेको छ ।अहिले पाँच हजार एक सय २९ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरुको देशका विभिन्न आइसोलेसनमा राखेर उपचार भइरहेको छ । अहिलेसम्म तीन लाख ५२ हजार तीन सय सात जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ भने १५ हजार तीन सय ३१ जना क्वरेण्टीनमा रहेका छन् ।