गुल्मीको धुर्कोटमा भिरबाट लडेर एक जनाको ज्यान गयो

गुल्मी ,
साउन १५ – गुल्मीमा भिरबाट लडेर एकजनाको ज्यान गएको छ । जिल्लाको धुर्कोट गाउपालीका वडा नम्बर ६ रजस्थलको टिमुरपानीको भिरबाट लडेर ३५ वर्षिय लक्ष्मण घर्तिको ज्यान गएको धुर्कोट प्रहरी सहायक निरिक्षक लोकमान ताम्राकारले जानकारी दिनुभयो । साउन १२ गतेबाट घरपरिवारको सम्पर्कमा नआएका घर्ति बिहिबार बिहान १२६ फिट तल भिरमा मृत फेला परेका हुन । शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल तम्घास लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी सहायक निरिक्षक ताम्राकारले जानकारी दिनुभयो ।

You might also like

Leave A Reply

Your email address will not be published.