सुनको भाउको आज फेरि नयाँ रेकर्ड ,तोलाको ९९ हजार ३ सय रुपैयाँ

साउन १६
काठमाण्डौ – हिजो ५ सय बढेर अहिलेसम्मकै नयाँ रेकर्ड बनाएको सुनको भाउ आज फेरि ३ सय रुपैया बढेको छ । सुनको भाउले आज फेरि नयाँ रेकर्ड बनाएको हो । यो अहिलेसम्मकै महँगो भाउ हो । केही दिनदेखि सुनको भाउ लगातार बढिरहेको छ ।आज तोलामा ३ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज एकैदिन तोलामा २५ रुपैयाँ घटेर तोलाको १२ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजो चाँदी तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

You might also like

Leave A Reply

Your email address will not be published.