गुल्मी
साउन १७ – नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटि गुल्मीले साउन १६ गते राती अबिरल वर्षाको कारण पहिरो जादा रुरु क्षेत्र गाउपालीका वडा नम्बर ५ आटीपाटामा भएको धनजनको क्षतिप्रति दुख प्रकट गरेको छ । पहिरोमा परि निधन भएका राजु माझीकी पत्नी बिना माझी, २ नाबालक छोरा हेमन्त र सागर र छोरी बिनिषा प्रति भावपुर्ण श्रद्धान्जली प्रकट गर्दै दुखद निधनप्रति पार्टी शोक स्तब्ध भएको नेकपा जिल्ला कमिटि गुल्मीले जनाएको छ । साथै पहिरो पिडित परिवारलाई तत्कालै राहात ,पुर्नस्थापना र व्यवस्थापन गर्न सरोकारवाला निकायलाई समेत नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटि गुल्मीले अनुरोध गरेको छ ।