श्रावण १७
नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको वीरगञ्जमा ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । नारायणी वयोधा अस्पतालमा शुक्रबार पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएकी ती महिलाको रिपोर्ट नआउँदै मृत्यु भएको हो ।मधुमेहबाट ग्रसित ती महिलामा निमोनिया र हाईपर टेनसनको समेत समस्या रहेको चिकित्सकहरुले बताएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ५७ पुगेको छ ।पर्सा जिल्लामा मात्रै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।