जनैपूर्णिमाको अबसरमा रेसुङ्गामा सार्बजनिक बिदा

अनिल खत्री
१८ साउन, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले सार्बजनिक बिदा दिने भएको छ । नगरपालिकाले आइतवार एक सूचना जारी गर्दै सोमबार साउन १९ गते हिन्दुहरुको महान चाड जनैपूर्णिमा (रक्षा बन्धन) को अबसरमा बिदा दिने निर्णय गरेको हो । नगरकार्यपालिका कार्याल मातहतका वडा कार्यालयहरु, सम्पूर्ण शिक्षा, संस्था, स्वास्थ्य र अन्य सार्बजनिक संघ संस्थाहरुमा सार्बजनिक बिदा दिने निर्णय भएको नगरप्रमुख डिल्लीराज भुसालले जानकारी दिए । हिन्दु धर्मालम्बीहरुले सोमबार जनैपूर्णिमा (रक्षा बन्धन) मनाउदै छन् ।

You might also like

Leave A Reply

Your email address will not be published.