।
रामकृष्ण कंडेल,
साउन २० ,गुल्मी – गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ स्थित दरबार देबिस्थान स्वास्थ्य चौकीको आयोजनामा नियमित खोप सेवा मार्फत सरसफाई प्रवद्धन कार्यक्रम रोटा खोप शुभारम्भ एक औपचारिक कार्यक्रमका विच सोमबार गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गुल्मीदरबार गाउँपालिकाका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले दरबार देबिस्थान स्वास्थ्य चौकी अन्तरगतको ठुलाचौर हेल्थ हर्टको खोप केन्द्रमा ६ हप्ताको बच्चालाई रोटा खोप खुवाएर कार्यक्रमको सुभारम्भ गरेका छन । कार्यक्रमको सहजिकरण गर्दै स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले राष्ट्रिय खोप कार्यक्रमको मुख्य उपलब्धि, दूर दृष्टि, ध्येय, खोप कार्यक्रमको लक्ष्य , रोटा भाइरसले गराउने पखाला, रोटा भाईरसको पखालाबाट वचाउन सवै वालबालिकालाई ६ हप्ता र १० हप्तामा २ मात्रा रोटा खोप खुवाउनु पर्ने साथमा खोप क्लिनिकहरुमा आउने आमा वा अभिभावकहरुको सरसफाई सम्बन्धि व्यवहारमा परिवर्तन ल्याई बालबालिकाहरुमा लाग्ने रोगहरुमा कमि ल्याउने र उनीहरुको समग्र स्वास्थ्यमा सुधार गर्न सहयोग पुर्याउने भएकोले नियमित खोप सेवा कार्यक्रममा सरसफाई प्रवर्धन कार्यक्रमलाई एकिकृत गरि राष्ट्रिय खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सहयोग पुर्याउने कुरा बताएका छन । साथै कार्यक्रमा स्थानीय परिवेशमा आधारित सरसफाइ सम्बन्धी छोटो कथा , नमुना परिवार हुनको लागि हुनुपर्ने आधारहरु, बाल जीबन सम्बन्धी खेल लगाएतका विषयमा सहजिकरण गरेका थिए । कार्यक्रममा उपस्थित सम्पुर्णलाइ स्वागत गर्दै दरबार देबिस्थान स्वास्थ्य चौकिकी अनमी सुमन पन्थीले अगस्तको पहिलो हप्ता विश्वभर मनाइने २८ औँ बिश्व स्तनपान सप्ताह यहि श्रावणको १७ देखि २३ सम्म “स्वस्थ र सुन्दर संसार,स्तनपान एकमात्र आधार” भन्ने नाराका साथ मनाउने बारेमा बोल्दै बच्चा जन्मेको ६ महिना सम्म आमाको दुध मात्र खुवाउनु पर्ने र ६ महिना देखि कम्तिमा २ बर्ष सम्म थप आहारको साथमा स्तनपान गराइराख्नु पर्ने कुरा बताउँदै स्तनपानका आसनहरु प्रयोगात्मक बिधि बाट समेत देखाएकी थिइन । दरबार देबिस्थान स्वास्थ्य चौकीकी सिनियर अनमी निरिक्षक जुनाकला बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै सभापति बस्नेतले उपस्थित सम्पुर्णलाइ धन्यवाद दिँदै कार्यक्रमले आमा वा अभिभावकहरुको सरसफाई सम्बन्धि व्यवहारमा परिवर्तन ल्याई बालबालिकाहरुमा लाग्ने रोगहरुमा कमि ल्याउने र उनीहरुको समग्र स्वास्थ्यमा सुधार गर्न सहयोग पुर्याउने आशा ब्यक्त गर्दै बच्चाले पुर्ण खोप नपाउन्जेल सकेसम्म खोप लगाउने समयमा आमाहरुलाइ अन्यत्र नजान आग्रह गरेकी थिइन ।
कार्यक्रममा हजार दिनका आमाहरु, क्ष्च्म्क् सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर नरेन्द्र श्रेष्ठ, महिला स्वास्थ्य स्वयमसेविका र सरोकालवालाहरु लगाएतको उपस्थिति रहेको कार्यक्रमको संचालन स्वास्थ्य चौकीका अहेव रामकृष्ण कंडेलले गरेका थिए ।