कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ भने ४८४ जना संक्रमण थपिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । उनीहरु मध्ये ९२ जनाको मृत्यु भएको छ भने १६ हजार ७२८ जना निको भएका छन् । किस्ट अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ह्याम्स, मेडिसिटी, पाटन, बीपी कोरोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुटवल कोरोना विशेष अस्पतालमा एकरएक जनाको मृत्यु भएको छ । यस्तै सप्तरी संक्रमण पुष्टिपछि अस्पताल लैजाँदै गर्दा, महोत्तरी र बारामा मृत्युपछि संक्रमण पुष्टि भएको छ । ‘स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा महोत्तरी र बारा विश्रामपुरका मृतक समावेश गर्न बाँकी छ ।’
स्वास्थ्य मन्त्रालयका अनुुसार देशभरका प्रयोगशलामा १० हजार ४८१ नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा सबैभन्दा धेरै काठमाडौंमा १०९ संक्रमित भेटिएका छन् । मोरङका ४८, महोत्तरीका ४४, धनुषाका ३९, रौतहटका २४, ललितपुरका २१, सुर्खेतका १८, मकवानपुरका १६, सुनसरी, चितवन र, बाराका १५÷१५ जना, कास्कीका १३, झापा र सिराहाका १०÷१० जना, भक्तपुरका ९, रुपन्देहीका ८ सर्लाही र स्यााङ्जाका ६÷६ तथा सप्तरी, काभ्रे र दार्चुलाका ५र५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै दैलेखका ४, कञ्चनपुर, पर्सा, अर्घाखाँची र रुकुम पश्चिमका ३÷३ जना, गोरखा, नुवाकोट, तनहुँ, दोलखा, धादिङ र डोटीका २÷२ तथा इलाम, ताप्लेजुङ, वैतडी, दाङ, बाँके, ओखलढुंगा, रामेछाप, जाजरकोट, कपिलवस्तु, खोटाङ, पाल्पा, सल्यान र बैतडीका एकएक जनामा संक्रमण देखिएको छ ।