सुरेश थापा
गुल्मी, साउन ३०- गुल्मी जिल्लाकै अति व्यस्त रिडि, रुद्रवेणी, वामी सडक खण्ड अन्तर्गत डहरे खोलाले ट्रक बगाएको छ ।
गएराती बुटवलबाट बाग्लुङ हटिया तर्फ जादै गरेको हाडवयरको सामान सहितको लु १ ख ७४०६ नं को ट्रक खोला तर्दै गर्दा सापट भाचिएको र राति पानि परेको कारण खोला बढेपछि करिव ३ बजे ट्रक बगाई ३० मिटर तल पु¥याएको चालक सुदन खड्काले बताए । सत्यवती गाउँपालिकाको जेसीबी ले राति रोकि राखेको ट्रक निकाल्ने प्रयास गरेको भएपनि प्रयास सफल हुन नसकेको इलाका प्रहरी कार्यालय जोहाङ्गले जनाएको छ ।केन्द्रिय सरकारको वेवास्ताका कारण प्रत्येक वर्ष समस्या आउने गरेको गुनासो गाडि चालकहरुको रहेको छ । विगतका वर्षहरुमा पटक पटक यस्ता घटना घट्ने गरेको जिल्ला देखि केन्द्र सम्मका जनप्रतिनिधि, माननिय, सांसद केन्द्रिय सरकारमा रहेका मन्त्रि समेतलाई अवगत हुँदा पनि वेवास्ता गरेको गुनासो सत्यवती गाउँपालिकाको रहेको छ । वर्षा याम सुरु भए यता सत्यवती गाउँपालिकाले पटक पटक जे।सी।बी। द्धारा सवारी र ढुवानी साधन खोलाबाट निकाली उद्धार गर्ने गरेको वडा नं। ६ का वडा अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताउनु भएको छ । यसतर्फ प्रदेश र केन्द्रिय सरकारको ध्यान जानुपर्ने देखिएको छ।