साउन ३०
गुल्मी जिल्लामा शुक्रबार थप एक जनामा कारोना भाइरस संक्रमणको पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ३६९ पुगेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ । जिल्लाको मालिका गाउँपालिकामा क्वारेन्टिनमा बसेका १८ वर्षिय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यलय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो । संक्रमित मध्ये ३५९ जना निको भएर डिस्चार्ज भएका छन्, भने ३ जनाको यसअघि नै मृत्यु भएको छ । जिल्लाका बिभिन्न स्थानिय तहमा अन्य १० जना संक्रमितहरु उपचारत रहेका छन ।