अनिल खत्री
भदौ १ गुल्मी – जिल्ला प्रहरी कार्यालय गुल्मीले बरामत गरि राखेको १ सय लिटर मदिरा नष्ट गरेको छ । खाना अयोग्य अबैध मदिरालाई तम्घासको राखिनेडाँडा स्थित दम्पीङ्ग साइड नजिकै नष्ट गरिएको हो । प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट नियन्त्रणमा लिएको खाना नमिल्ने पलाष्टिकको बोतलमा रहेको करिव १ सय लिटर मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिए । खाना नमिल्ने र म्याद गएको मदिरालाई नष्ट गरिएको थियो । प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियानलाई कढाइका साथ अगाडी बढाउने अभियान सुरु गर्दै आएको छ । मदिराले झै–झगडा लगायत अन्य बिभिन्न खालका नकारात्मक समस्याहरु उत्पन्न गराउने भन्दै प्रहरीले घरेलु मदिरा नियन्त्रणमा चासो देखाउदै आएको छ ।घरेलु तथा सामाजिक अपराधका घटनाहरुमा मुख्य गरि मदिराको कारण बन्ने गरेकाले पनि अबैध मदिरालाई प्रहरीले नियन्त्रण गर्दै आएको छ ।