भदौ ३
भाद्र ५ गते रति १२ बजे देखि लागु हुने गरि एक हप्ताको लागि गुल्मी जिल्ला लक्डाउन हुने भयको छ।
जिल्ला स्तरिय कोरोना रोकथाम तथा संकट ब्यबस्थापन केन्द्र (डीसिसिएमसी) को आज सम्पन्न बैठक ले बढ्दो चहलपहल संगै समाजमा कोरोना संक्रमण फैलन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिनुभयो।
निषेधाज्ञाको अवधिमा अत्यावश्यक कामबाहेक हिँड्डुल गर्ने, भीडभाड गर्नेलाई कारबाही गरिने प्रशासनले जनाएको छ।
यस अवधिमा अत्यावश्यकबाहेकका सवारीसाधन चल्न पाउने छैनन्। यस्तै, तिजको बेला अनावश्यक भिडभाड नगर्न आ–आफ्नो घरमा परिवारसँग मात्र चाडपर्व मनाउन प्रशासनले आग्रह गरेको छ।