भदौ ४
पाल्पा भदौ ५ गते मध्यरातिदेखि भदौ १२ गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । विहिबार साँझा बसेको जिल्ला स्तरीय सर्वपक्षिय बैंठकबाट संक्रमण रोक्न पाल्पामा शुक्रबार राती
१२ बजेबाट लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।
प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आवश्यक सावधानी अपनाउन एक साताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको बताए । अत्यावश्यक सेवा बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी सञ्चालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी सञ्चालन गर्न पाइने छैन ।