अनिल खत्री
१३ भदौ, गुल्मी
गुल्मीमा एक साताका लागि जारी गरिएको निषेधाज्ञा हटाइएको छ । कोरोनाको जोखिम बढेसँगै जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीले भदौ ७ गतेखी भदौ १२ गतेसम्म एक हप्ताका लागि जारी निषेधाज्ञामा परिर्माजन गरेको छ ।
जिल्लामा भदौ १२ गते रातिबाट लागुहुने गरि भदौ १९ गते राति १२ बजेसम्म १ हप्ताका लागि लक डाउनको नयाँ मोडालिटी बनाइएको छ । बिश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको जोखिम बढिरहेकाले जिल्लामा बिभिन्न व्यवसायहरु समय तालिका बनाए खोलिने भएको छ ।
जिल्ला प्रबेश गर्दा पिसिआर रिर्पोट अनिवार्य चाहिने भएको छ । जुनसुकै ठाउँबाट जिल्ला प्रबेश गर्नेहरुले अनिवार्य पिसिआर रिर्पोट ल्याउनु पर्ने यदि रिर्पोट नभए १० दिन सम्बन्धीत पालिकाको क्वारेन्टीनमा बस्नुपर्ने गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
दुग्ध ब्यबसाय बिहान नौ बजेदेखी ११ बजेसम्म, साँझ ४ बजेदेखि ६ बजेसम्म संचालन रहनेछन् । तरकारी र फलफूल पसलहरु बिहान ७ देखि ९ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म संचालनमा आउने भएका छन् ।
अन्य पसल, उद्योग व्यववसाहरु बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ला रहने प्रमुख जिल्ला अधिकारी शर्माले बताए । अस्पताल, औषधि पसल र पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन् । जिल्ला प्रबेश गर्ने सीमा नाकामा कडाई गरिने भएको छ ।
जिल्लामा भित्रिने सीमा नाकाहरु, रुरुक्षेत्र रिडी, रेसुङ्गाको नेटा, मदानेको सौतामारे, मुसिकोटको वामी कालिगण्डकीको पुर्तिघाट र लगायतका स्थानहरुमा २४ सै घण्टा सुरक्षा निकाय परिचालन गरिने भएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । जिल्ला प्रबेश नाका भएर जिल्ला भित्रिनेहरुले अनिवार्य रुपमा पीसिआर गरेको रिपोर्ट हुनुपर्ने नभए अनिवार्य रुपमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने ब्यबस्था गरिएको छ ।
जिल्ला बाहिराबाट पसल तथा व्यवसायीक सामाग्री ढुवानी गर्दा चालक र सहचालकको पिसिआर रिर्पोट चाहिने भएको छ । यदि पिसिआर रिर्पोट नभए १० दिन क्वारेन्टीनमा बस्नुपर्ने निर्णय भएको छ । जिल्लामा लुकीछिपी आउने र क्वारेन्टाइनबाट भाग्नेलाई कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
कसैले जिल्ला प्रशासनको निर्णय अबज्ञ गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । 