अजय खड्का जेम्स
भाद्र १३, गुल्मी
दुर्घटनामा परी ३ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि पाल्पा पठाइएको छ ।
घाइतेहरु कालिगण्डकी ३ लम्सराङ्ग बस्ने २६ वर्षिय भबीन बिक लम्सराङ्ग कै भिउखानी बस्ने २९ वर्षिय ललिता सुनार र ६३ वर्षिय चन्द्र कुमारी दमाई रहेको र घाइतेको अबस्था सामान्य रहेको छ ।
जिपमा सवार चालक सहित २ जना सकुशल रहेको पुर्तिघाट प्रहरी चौकीका इन्चार्ज खिमान्द खनालले जानाकारी दिनुभयो ।
शनिबार दिउसो करिब १२ बजे तिर जिप सडकबाट करिब ३० मिटर तल खोलामा खसेको हो ।
कालिगण्डकी गाउँपालिकाको पुर्तिघाट बाट वडा नं ३ लम्सराङ तर्फ जादै गरेको लु २ च २७५६ नम्बरको डबल क्याप गाडी दुर्घटनामा परेका खनालले जानाकारी दिनुभयो ।
प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार ब्रेक फेल भएर उक्त दुर्घटना भएको खुल्नआएको छ । जिपका चालक प्रहरीको नियन्त्रण छन् ।