भाद्र १३
गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मुसिकोट नगरपालिकामा गत भाद्र ४ गते समुदायस्तरमा कोरोना परिक्षणका लागि १ सय २५ जनाको स्वाव सकंलन गरिएकोमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा पहिलो पटक समुदायस्तरमा कारोना संक्रमितको पहिचान भएको छ । संक्रमित मध्ये एकै परिवारका ३ जना वर्ष ७३ एक जना पुरुष , ३२ की १ जना महिला र ३ वर्षिय बालिका रहेका स्वास्थ्य कार्यलय गुल्मीका सुचना अधिकारी पशुपति आर्चायले जानकारी दिनुभएको छ । साथै एक जना ४० वर्षिय महिला स्वास्थ्यकर्मी र एक जना २५ वर्षिय पुरुष सहित ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ । संक्रमित परिवार भरतपुर अस्पतालबाट १७ दिन अगाडी क्वारेन्टिनमा बसेको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो । समुदाय स्तरमा कोरोना संक्रमण भेटिएसँगै २०० जनाको कन्ट्रयाक्ट ट्रेसिङ्गको काम भैरहेको प्रमुख प्रशासकिय अधिकृत नवराज भण्डारीले जानकारी दिनुभयो ।