पाल्पा र स्याङ्जा जिल्लाको सङ्गम स्थल तथा भगवान राम बास बसेको ठाउँ राम्दी धाममा संस्कृत शिक्षा बचाउन आवासिय रुपमा सञ्चालन गरिएको गुरुकुलले एकै बर्षमा नै मुहार फेरेको छ । २०७६मा गल्याङ्ग नगरपालिका बाट सम्बन्धन प्राप्त गरि गल्यांग नगरपालिका १ राम्दी स्याङ्जामा रहेको राम्दीधाम संस्कृत गुरूकुलम् सञ्चालित रहेको नगरपालिकाका नगर प्रमुख भूपराज अधिकारीले जानकारी दिनुभयो ।
दैनिक यस गुरुकुलमा झण्डै ५० जना बटुहरुले आवासिय सुविधा सहित पठनपाठन गर्दछन् ।
यहाँ वेद, कर्मकाण्ड, भाषा , लघुसिद्धान्त ,गणित , नेपाली, सामाजिक , अङ्ग्रेजी तथा आधुनिक विषय कम्प्युटर लगायतका विषय पढाइने गुरुकुलका प्राचार्य कृष्णप्रसाद वस्यालले बताउनुभयो । गुरुकुलमा पाल्पा ,स्याङ्जा पर्बत कपिल बस्तु अर्घाखाँची बुटवल लगायतका बटुकहरुले पठनपाठन गर्दै आइरहेकाछन्।
। यस गुरुकुलमा बिहानको समयमा योगा दिउँसोको समयमा कम्प्युटर र साझको समयमा सबै बटुहरुलाई अङ्ग्रेजी बोल्न सिकाइने गुरुकुल संचालन समितिका अध्यक्ष विष्णुदेवानन्द सरस्वतीले बताउनुभयो। यसधामको समग्र प्रचार प्रसार गर्न र यहाँको रौनकता बढाउन सबै बटुकहरुले सामुहिक रुपमा रुद्राभिषेक, वैदिक मन्त्र सहित राम्दी धाममा भजन कृतन सहित आरति सञ्चालन भइरहेको आवाशीय गुरु दिपक गैरेले जानकारी गराउनु भयो। यस धाममा ५० भन्दा माथी लोकल गाई समेत पालिएको छ ।
प्रत्येक बर्ष नगरपालिकाले सहयोग प्रदान गर्ने हो भने आवसिय वटुकहरुको संख्या वृद्धि गर्न सकिने गुरुकुल संचालक समितिले दावी गरेको छ यश गुरुकुलका विद्यार्थीहरुलाइ साप्ताहिक रुपमा आयुर्वेदिक कक्षा समेत सन्चालन भैरहेको गुरुकुलका गुरु गैरेलाइ उधृत गर्दै रुरु बाट सहकर्मी साथी चुरामणी तिमिल्सिनाले खबर पठाउनुभएको छ।