भदौ १९
पाल्पा – पाल्पा जिल्लाको जारी निषेधाज्ञा आज शुक्रबार रातिबाट सकिने भएको छ ।
निषेधाज्ञा सकिए पनि जिल्ला भित्रिने नाकाहरुमा कडाई गरिने भएको छ । कोरोना महामारीका जोखिमका कारण यसलाई थप फैलन नदिन पाल्पामा भदौ ५ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला स्तरीय कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला समितिको शुक्रबार सम्मन्न बैठकले जिल्ला भित्रिने नाकाहरुमा कडाई गर्ने र जिल्लाभित्र खुल्ला गर्ने निर्णय गरेको छ । पाल्पामा हाल २४ जना सक्रिय संक्रमित रहेका छन् । ५ सय जनाको स्वाबको रिपोर्ट आउन बाँकी छ । पछिल्लो समय बिदेशबाट फर्केका नागरिकहरु होम क्वारेन्टाइनमै बस्दै आएका छन् । पाल्पामा पछिल्लो समय समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको र अझ फैलन सक्ने भन्दै निषेधाज्ञा जारी गरिएको थियो । भदौ ५ गतेबाट जारी निषेधाज्ञा भदौ १२ गते पुनः १९ गतेसम्मका लागि थप गरिएको थियो ।