काठमाडौ
भदौ १९ – सुनको मुल्य घटेको छ ।
शुक्रबार सुनको भाउ एक सय रुपैँयाले घटेको हो । बिहीबार तोलाको ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर ९६ हजार ४ सयमा झरेको छ । तेजावी सुन पनि आज तोलामा १ सयले नै घटेर प्रतितोला ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको भाउ पनि तोलामा आज ३५ रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा पुगेको छ ।