सुरेश थापा
गुल्मी ,भदौ २१ -गुल्मीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पोजेटिभ देखिनेमा सत्यवति गाउपालीकाका वर्ष २४,४५,४६,५०,६८ र ७६ का पुरुष रहेको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो । उनिहरु मध्ये ३ जना होम क्वारेन्टाइनमा र ३ जना समदायस्तरका रहेका छन । सत्यवति गाउपालीकाको वडा नम्बर २ ,५ र ६ मा कोरोना संक्रमण देखिएको छ ।समुदाय स्तरमा कोरोना देखिएपछि गाउपालीका लाई सिल गर्ने तयारी भइरहेको गाउपालीका प्रमुख प्रशासकिय अधिकृत यादव भण्डारीले जानकारी दिनुभयो ।छिमेकि चन्द्रकोट गाउपालीकामा समुदाय स्तरमा नै कोरोना पुष्टि भएपछि भदौ १७गतेदेखि २४ गतेसम्म सत्यवति गाउपालीकामा लकडाउन गरिएको छ । सत्यवति गाउपालीका कार्यपालीकाको बैठकले संक्रमण नफैलियोस भनेर लकडाउन गर्ने निर्णय गरेको हो । यस्तै गुल्मीको गुल्मी दरबार गाउपालीकामा मेडिकल संचालकलाई संक्रमण देखिएपछि गुल्मीदरवार गाउँपालिकाको वडा नं ४ बिरवासलाई सिल गरिएको छ । समुदायमा संक्रमण देखिएपछि अर्को सूचना नभए सम्मका लागि बिरवास सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । उनीहरुको सम्पर्कमा आएकाहरुको बिबरण संकलन गर्ने कार्य भइरहेको पाण्डेले बताउनुभयो । यो संगै गुल्मीमा कोरोना संक्रमितको संख्या ४२० पुगेको छ भने संक्रमणका कारण तीन जनाको ज्यान गईसकेको छ । यस्तै आज आइतबार नै प्रदेश ५ को अर्घाखाचीमा ११ जना, कपिलबस्तुमा ४ जना, दाङमा ३ जना, पाल्पामा १९ जना, नवलपरासीमा १३ जना, प्यूठानमा ४ जना, बर्दियामा ६ जना, बाँकेमा ६ जना, र रुपन्देहीमा ३५ जनामा संक्रमण देखिएको छ ।